चौरमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १५ हजार २० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?