काठमाडौं । काठमाडौंको विभिन्न स्थानहरुमा कोठा फुटाई चोरि भएको छ ।
काठमाडौं महानगरपालिका(३२ कोटेश्वर डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-५ स्थायी घर भएका ३४ वर्षीय विकास श्रेष्ठको कोठाबाट ताल्चा फुटाई सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब ५ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको धनमाल मंगलवार बिहान चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(३२ कोटेश्वर डेरा गरी बस्ने धनुषा मिथिला नगरपालिका-६ स्थायी घर भएका बिमल मगरको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद २५ हजार रुपैयाँ समेत गरी करिब २ लाख ९ हजार रुपैयाँ चोरि भएको छ । त्यस्तै सोही ठाउँ डेरा गरी बस्ने सागर खड्काको कोठाबाट नगद ३५ हजार रुपैयाँ मंगलवार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया