विषाक्त रक्सी सेवनबाट मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । भारतको मध्यप्रदेशस्थित मुरैनामा विषाक्त रक्सी पिएपछि मृत्यु हुनेको संख्या हालसम्म २० पुगेको छ ।

मुख्यमन्त्री शिवराज चौहानले आज (बुधवार) बैठक डाकेका छन् ।

साथै मुरैनाका कलेक्टर र एसपीलाई हटाउन आदेश दिइएको छ । मृतकहरुमध्ये आठ जना मानपुरा गाउँका रहेका छन् । जसमा तस्करका भाइ पनि सामेल रहेका छन् ।

त्यस्तै सुमावली र पहावली गाउँका ४ जनाको पनि मृत्यु भएको छ ।

यसमा दुई जना एकै परिवारका दाजुभाइ रहेका छन् । पुलिसले १० जनालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?