‘सकियो ट्रम्पको कार्यकाल, दिए राजीनामा’ : अमेरिकी विदेश मन्त्रालयको वेबसाइटको खबर भाइरल

काठमाडौं । अमेरिकामा नयाँ सरकार बनाउने तयारी भइरहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झट्कामाथि झट्का लागि रहेको छ ।

ट्रम्प आफ्ना विरोधीलाई जवाफ त फर्काइरहेका छन् । यसैबीच अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा भएको एक अपडेटले सारा विश्वमा हलचल मच्चाएको छ ।

यो वेबसाइटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्सको कार्यकाल सकिएको र राजीनामा दिएको कुरा भनिएको छ ।महअभियोग एक बकवाश भएको बताइरहेका बेला अमेरिकी विदेश मन्त्रालयले वेबसाइटमा यो सूचना दिएको थियो ।

वेबसाइटमा ११ जनवरीमा राष्ट्रपति र उपराष्ट्रपतिको कायेकाल सकिएको बताइएको थियो । तर पछि यो हर्कत मन्त्रालयका कर्मचारीले गरेको बताइएको छ ।

अहिलेसम्म राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले राजीनामा भने दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?