७ चैत्र २०७९, मंगलवार

महोत्तरीको गौशाला नगरपालिकामा ९० लाख अनियमितता

२०७४,आश्विन,१७,मंगलवार ०५:३९

9
Shares

महोत्तरी, १७ असोज । महोत्तरी जिल्ला गौशाला नगरपालिकाको ९० लाख रुपैया घोटाला भएको खुलासा भएको छ ।नगरपालिकाको बंैक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक तवरले निकासा भएको रहस्य सार्वजनिक भएको छ । नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गौशालास्थित बैंकको खाताबाट भदौ १९ गते ९० लाख रुपैया निकालेको रहस्य सार्वजनिक भएको हो ।कार्यकारी अधिकृत रामजी जोशीलाई थाहै नदिइ खाता निल गरी रकम निकालिएको खुलासा भएको छ । भदौ २९ गते कर्मचारीलाई तलबका लागि चेक काटेपछि खातामा पैसा नरहेको जानकारी नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पाए । खातामा पैसा नरहेको जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा एकै दिन ९० लाख झिकिएको सनसनीपूर्ण खुलासा भएको हो ।कार्यकारी प्रमुख जोशी भदौ १२ गते कार्यालयमा हाजिर भएपछि निर्वाचनमा व्यस्त भएका थिए। प्रमुख निर्वाचनमा व्यस्त भएको मौका छोपी नगरपालिकाका केही कर्मचारीको मिलि नगरपालिकाको सो रकम गायब बनाएका ह्ुन् ।नगरपालिकाको खाताबाट एकैसाथ ९० लाख निकालिएको हो, गौशाला नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले भने, “पैसा कसरी निकालिएको हो, मलाई कुनै जानकारी छैन ।” गौशाला नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मितिमा दुई करोड ६४ लाख बराबरको कारोबार गरेको छ । तर कारोबारको कुनै किसिमको कागजात अहिलेसम्म आफूलाई प्राप्त नभएको कार्यकारी अधिकृत जोशीको भनाई छ ।यता गौशाला नगरपालिकाको त्यति ठूलो रकम निकासा भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको नगरप्रमुख शिवनाथ महतोले बताए।नवनिर्वाचित प्रमुख महतोले भने, “जनताको पैसा लुट्ने कर्मचारी र भ्रष्टाचारीलाई कारबाही हुन्छ ।” नगरपालिकाको रकम दुरुपयोग गर्ने कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने महतोको भनाई छ । रासस

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६