काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन मात्र ७ दिन बाँकी रहेको छ । राष्ट्रपति इलेक्ट जो बाइडेन २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन् ।
गत बिहीवार अमेरिकी सांसद भवनमा भएको हिंसाले अमेरिकी सांसद रुष्ट बनेका छन् । साथै ट्रम्पमाथि महाअभियोगको प्रस्ताव पेश गरेका छन् । यसैबीच उपराष्ट्रपति माइक पेन्सले संविधानको २५ औँ संशोधनको प्रयोग गर्न नचाहेको स्पष्ट पारेका छन् ।
यसबाट ट्रम्प राष्ट्रपति पदबाट हट्न सक्छन् र उनको स्थानमा पेन्स बाँकी दिनको राष्ट्रपति बन्नेछन् । यसैबीच करिव एक हप्तापछि ट्रम्प पहिलो पटक सार्वजनिक रुपमा टेक्सासमा देखिएका छन् ।
के छ अमेरिकी संविधानको २५ औँ संशोधनमा ?
२५ औँ संशोधनबाट उप राष्ट्रपतिलाई राष्ट्रपति बन्ने अधिकार प्राप्त हुन्छ । यो स्थिती त्यो बेला आउँछ, जुन बेला राष्ट्रपति आफ्नो जिम्मेवारी निभाउन असक्षम बन्छन् । सदनमा यसको बारेमा बहस चलिरहेको छ ।
यो बहसले उपराष्ट्रपतिलाई क्याबिनेटको बहुमतको साथमा राष्ट्रपतिलाई तत्काल अयोग्य घोषित गर्ने अधिकार रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया