एट्लेटिको मड्रिडको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित हात पारेको छ । मंगलवार राति भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

Image

खेलको १७ औं मिनेटमा एन्जलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा निगुएजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए । जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । एट्लेटिकोले १६ खेलमा ४१ अंक जोडेको छ ।

सेभिया ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?