म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । जितसँगै म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलवार राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।

बर्नलीको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा भली गोल गरेका थिए । बर्नलीलाई हराएसँगै युनाईटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

युनाईटेडले १७ खेलमा ३६ अंक जोडेको छ । युनाईटेडले लिभरपुललाई ३ अंकले पछि बनाएको छ ।

बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । अर्को खेलमा सेफिल्ड युनाईटेडले न्युकासल युनाईटेडलाई १(० ले हराएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?