परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेको  परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार नयाँ दिल्लीमा भएको छैटौ संयुक्त आयोगमा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुनेछ ।

ज्ञवालीले भारतका उच्च तहका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उक्त भ्रमणको दौरान मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्च तहका पदाधिकारीहरुको सहभागिता रहने छ ।

ज्ञवाली माघ ३ मा नेपाल फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?