तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक

काठमाडौं । तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलवार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् ।

श्रेष्ठसँगै उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्की वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका थिए । ति सबै जनालाई पछि पार्दै उनले बाजी मारेका हुन् ।

प्रशिक्षक श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकुद ९साग० मा नेपाललाई सर्वाधिक १३ स्वर्ण दिलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?