कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताएका छन् ।
नेकपा कैलालीको आज (मंगलवार) धनगढीमा भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उनले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिनुभएको स्पष्ट पारे ।
अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुर्नस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री भट्टले भने, “आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धता सहित तयारीमा अहिल्यैदेखि जुट्नुपर्छ ।”
सो अवसरमा स्थायी समिति सदस्य भट्टले सो पार्टीका मनोनीत प्रदेश र जिल्ला कमिटीका सदस्यलाई शपथसमेत गराएका थिए । बैठकमा पार्टीका जिल्ला अध्यक्ष रतनबहादुर थापा, दीपकप्रसाद देवकोटा, विघटित प्रतिनिधिसभाका सदस्य नारदमुनि रानालगायतले पनि समसामयिक विषयमा बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया