एआईजी विश्वराज पोखरेललाई निर्वाचन परिचालन टोलीको जिम्मेवारी

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय निर्वाचन तथा समन्वय समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज (मंगलवार) गठन गरेको टोलीमा डिआइजीहरु दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसहित प्रहरी अधिकृतहरु रहेका जनाइएको छ ।

समिति गठनपछि एआइजी पोखरेलले समितिका सदस्यहरुलाई निर्वाचनमा रणनीतिकासाथ सुरक्षा योजना बनाएर काम गर्नुपर्ने बताएका छन् ।

यस अघि नै सरकारले वैशाख १७ र २७ मा दुई चरण गरी मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । त्यसकै लागि एक महिना अगाडि एआइजीमा बढुवा भएका पोखरेललाई निर्वाचन परिचालन टोलीको जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?