राष्ट्रिय महिला भलिबल टोली वर्षको उत्कृष्ट टीम घोषित

काठमाडौं। एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा राष्ट्रिय महिला भलिबल टोली वर्षको उत्कृष्ट टीम घोषित भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा राष्ट्रिय महिला भलिबल टोलीले यो सफलता हात पारेको हो ।

आज (मंगलवार) सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराँते हलमा भएको अवार्ड कार्यक्रममा महिला भलिबल टीमले उक्त अवार्ड जित्न सफल भएको हो ।

गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल महिला भलिबल टोलीलाई यो वर्षको उत्कृष्ट टमि घोषित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?