२४ माघ २०७९, मंगलवार

एमाले माओवादी तालमेलको विषयमा यसो भने काँग्रेस महामन्त्रीले

२०७४,आश्विन,१७,मंगलवार ०५:३३

0
Shares

लुम्बिनी, १७ असोज । नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताएका छन ।नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए ।लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै कोईरालाले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।नेपाल प्रेस युनियन, रुपन्देहीले भैरहवामा आज विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले नेपाली काँग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताए ।मुलुकलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेमा काँग्रेस लागिपरेको बताउँदै उनले सिद्धान्तको झगडालाई थाति राखेर समृद्धिको पाटो पहिल्याएर जनतालाई सुखी र खुशी बनाउने अभियानमा लाग्ने बताए ।समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि काँग्रेसको सरकार आवश्यक रहेको बताउँदै आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेसलाई अग्रपंक्तिमा पु¥याउन कोईरालाले आग्रह गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन् ।

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले चिरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज

ताजा समाचार

बोक्सीको आरोप लाउनेलाई कैद सजाय
 २०७९,माघ,२४,मंगलवार २१:२९
कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८