नेकपा र सुर्य चिन्ह आफ्नो भएको भन्दै प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारीक नेकपा र सुर्य चिन्ह आफ्नो समूहले पाउने दाबी गरेका छन् ।

मंगलवार (आज) गण्डकी प्रदेश बृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले त्यस्तो बताएका हुन् ।

५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नेकपाको आधिकारीकता र चिन्ह पाउने व्यवस्था रहेको बताउँदै आफ्नो समूहसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको समेत बताए । प्रचण्ड र उक्त समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल सोमवार निर्वाचन आयोग गएका थिए । अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अयोगबाट थप आशावादी भएको समेत बताएका छन् ।

साथै सुर्य र नेकपा आफ्नो पक्षमा नआएमा आँधिबेहरी आउने चेतावनी समेत दिएका छन् ।

प्रचण्डले पार्टीभित्रको अन्तरसंघर्ष चलिरहने र त्यसको परिणामस्वरुप प्रधानमन्त्रीले संसद विघटन गर्न नहुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ यसमा तपाईहरु ढुक्क हुनुहोस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?