गुडिरहेको बस भित्रै युवतीको बलात्कार

काठमाडौं । भारतको महाराष्ट्रस्थित पुणेमा एक दर्दनाक घटना भएको छ ।

त्यहाँ गुडिरहेको एक प्राइभेट बसमा २१ वर्षीया युवतीको बलात्कार भएको छ । यो घटना ६ जनवरीको रहेको छ । पीडित युवतीको बयानको आधारमा पुलिसले केस दर्ता गरेको हो ।

यो घटना पुणेको राजनगाउँको हो । पीडित युवती गोन्दियाकी हुन् भने उनी पुणेको एक प्राइभेट कम्पनीमा काम गर्छिन् । उनी आफ्नो दिदीको विवाहमा गएकी थिइन् । त्यहाँबाट फर्किने क्रममा उनलाई बसमै सामूहिक बलात्कार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?