‘फोर्स मर्जर’ को सूचीमा रहेको सिभिल बैंक कहिले जान्छ मर्जरमा ? सन्तोषजनक छैन व्यापार !

लोकपथ
0
Shares

काठमाडौँ – सिभिल बैंकले तत्काल कुनै बैंकसँग मर्जरका लागि छलफल गरेको छैन । गत असोजतिर हिमालय बैंकसँग मर्जरमा जान छलफल पनि चलेको थियो । राष्ट्र बैंकको चाहना पनि त्यहि थियो । तर सिभिलले हिमालय बैंकसँग मर्जरमा जाने भन्ने आधिकारिक सूचना नभएको बताउँदै आएको छ ।

सिभिलले आफ्नो साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने निर्णय समेत गरेको छ । तर यस बैंकले मर्जरका लागि उपयुक्त जोडी फेला नपारेको नेपाल राष्ट्र बैंक स्रोत बताउँछ ।

गत वर्ष प्रभु बैंकसँग पनि सिभिलको मर्जरका विषयमा छलफल भएको थियो । त्यस छलफलले पनि किनारा पाउन सकेन । त्यस्तै, गत वर्षको मौद्रिक नीति आउने बेलामा नेपाल बैंकसँग पनि मर्जरमा जाने चर्चा थियो । तर बिडम्बना यी कुनै बैंकहरुसँग सिभिलको कुराकानी अन्तिमसम्म पुगेको छैन ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति ल्याउने बेलामा ठुला बैंकहरुलाई मर्जरका लागि जोडी खोजेर आउन निर्देशन दिएको थियो । साथै राष्ट्र बैंकले प्रतिस्पर्धात्मक बजारमा राम्रो प्रगति गर्न नसक्ने बैंकहरुलाई फोर्स मर्जरमा लैजाने गरी छुट्टयाएको थियो । जसमा सिभिल, एनसीसी, नेपाल बंगलादेश, मेगा, सानिमा लगायतका करिब एक दर्जन बैंकहरु थिए ।

राष्ट्र बैंकले प्रतिस्पर्धी बजारमा व्यवसाय, निक्षेप संकलन, नाफा, आम्दानी लगायतमा राम्रो प्रगति गर्न नसक्ने बैंक बजारमा टिक्न नक्ने भन्दै फोर्स मर्जरमा लैजाने योजनामा छ । सिभिल नबिल बैंकसँग मर्जरमा जाने चर्चा पनि छ । तर नबिलले भने सो विषय अस्वीकार गरिरहेको छ ।

छैन सन्तोषजनक प्रगति :
सिभिलले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पनि सन्तोषजनक व्यापार गर्न सकेको छैन । सिभिल यस अवधिमा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा ३९.१७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड ८९ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै,बैंकको वितरणयोग्य नाफामा पनि धक्का लागेको छ । यस अवधीमा सिभिलको वितरण योग्य नाफा १२ करोड ९९ लाख ७ हजार रुपैयाँ ऋणात्मक छ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड पुग्ने छ । त्यसैगरी, बैंकले संचालन मुनाफा पनि घटाएको छ ।

बैंकको सञ्चालन मुनाफा २२ करोड ५९ लाख ५४ हजार रुपैयाँबाट घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । कुनै पनि कम्पनीको जगेडा कोष जति बलियो छ,कम्पनी पनि त्यति नै बलियो हुन्छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटका कारण बैंकको प्रगतिमा धक्का लागेको हो ।

बैंकले खराब कर्जा भने घटाएको छ । बैंकको खराब कर्जा २.९३ प्रतिशतबाट घटेर १.५० प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले सन्तोषजनक प्रगति गर्न नसकेकै कारण सिभिल लगायत केही बैंकलाई फोसफुल मर्जरमा लैजाने योजना बनाएको थियो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति मार्फत् ८ अर्ब पूँजी पु-याउन दिएको समयभित्र सिभिलले पूँजी पु-याउन सकेको थिएन । राष्ट्र बैंकले पटक पटक समय थपेपछि मात्रै सिभिलले पूँजी ८ अर्ब पूँजी पु¥याएको थियो ।

पछिल्लो समय वाणिज्य बैंकहरु ठूला र नम्बर वान बैंक बन्ने होडमा छन् । वाणिज्य बैंकहरुले धमाधम साना वित्तिय संस्था प्राप्ती गरेर पूँजी वृद्धि गरिरहेका छन् ।

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिको पूँजी वृद्धिको निर्णयबाट तर्सिएका बैंकहरु पहिल्लो समय आँफै पूँजी वृद्धिमा लागेका छन् ।

कुनै बेला राष्ट्र बैंकले पूँजी वृद्धि सम्बन्धि योजना सार्वजनिक ग-यो भने बैंकलाई समस्या पर्ने आँकलन गरी पूँजी वृद्धि गर्न लागि परेका छन् ।

नम्बर वान बन्न बैंकहरु २० अर्बको हाराहारीमा पूँजी जुटाउने तयारीमा छन् ।

सिभिलको पूँजी ९ अर्ब पनि पुगेको छैन । अब यसलाई २० अर्ब पूँजी पुर्‍याउन निकै समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?