अमेरिकी संसद भवनमा भएको हिंसापछि ट्वीटरले ७० हजार अकाउण्ट बन्द गर्यो

काठमाडौं । वाशिंगटन डिसीस्थित क्यापिटल बिल्डिङ बाहिर भएको हिंसात्मक प्रदर्शनपछि ट्वीटरको तर्फबाट हानिकारक सामग्री शेयर गरेको भन्दै ७० हजार अकाउण्ट्स बन्द गरेको छ ।

ट्वीटरको तर्फबाट दिइएको जानकारीका अनुसार यस प्रकारका सामग्रीले हिंसालाई बढावा दिन सक्ने भएको बताइएको छ । त्यसका कारण नै अकाउण्ट बन्द गरिएको हो ।

यो भन्दा पहिला हिंसा फैलाउन सहयोग गर्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट नै ब्लक गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?