काठमाडौं । अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेन २० जनवरीमा राष्ट्रपतिको शपथ लिँदैछन् ।
अर्थात् राष्ट्रपति ट्रम्प अब ८ दिन मात्रै अमेरिकाको राष्ट्रपति रहनेछन् । तर अमेरिकी विदेश मन्त्रालयले सोमवार राती आफ्नो वेबसाइटमा ट्रम्पको कार्यकाल सकिएको बताएको थियो । उक्त पोस्ट केहि समयमै हटाइएको थियो ।
विदेश मन्त्रालयले अहिलेसम्म यस बारेमा केहि स्पष्टिकरण दिएको छैन ।
ट्रम्पको क्याम्पेन टीम वा ह्वाइट हाउस पनि यो मामिलामा अहिलेसम्म मौन छ ।
अमेरिक िवेबसाइट डेलीबेस्टका अनुसार स्टेट डिपार्टमेन्टले सोमवार राती ७ः४९ मा आफ्नो वेबसाइटमा यो म्यासेज पोिस्ट गरेको थियो । यसमा डोनाल्ड ट्रम्पको कार्यकाल सकिएको लेखिएको थियो ।
पोस्ट केहि समयमै भाइरल बनेको थियो । त्यको केहि समयपछि नै पोस्ट हटाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया