संसद विघटनबारे सर्वोच्चको निर्णय जे आए पनि मान्न तयार छौँ : उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटनविरुद्ध परेका मुद्धाबारे सर्वोच्चको जुनसुकै निर्णय आएपनि मान्न तयार रहेको बताएका छन् ।

मंगलवार (आज) प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले संसद पुनःस्थापना या निर्वाचन जे भएपनि कांग्रेसले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर जाने बताए । तर निर्णय जे भएपनि सर्वोच्चले छिटो फैसला दिनुपर्नेमा जोड दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै त्यसलाई फिर्ता लिनुपर्ने माग राख्दै सर्वोच्चमा दर्जन बढी रिटहरु परेका छन् । ती रिटहरुको सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइ बहशहरु भइरहेका छन् ।

गत बुधवार बृहत पूर्ण इजलासको मागसहित पुस २९ गते भोलिका लागि सुनुवाईको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?