काठमाडौं । मुस्ताङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ यासिर लेक बस्ने ३५ वर्षीय टसि दोर्जे गुरुङको स्थानीय भिरबाट लडेर सोमवार दिउँसो मृत्यु भएको छ ।
आफ्नै भेडी गोठमा जाने क्रममा आइतवार सोही ठाउँस्थित यासिर लेकको भिरबाट करिब ५ सय मिटर तल लडेर घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया