रजनीकान्तले प्रशंसकलाई लेखे यस्तो म्यासेज

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्तले राजनीतिमा नआउने आफ्नो फैसला फेरि दोहोर्याएका छन् ।

सोमवार उनले आफ्ना फ्यानलाई सम्बोधन गर्दै सोसल मिडियामा एक पोस्ट शेयर गरेका थिए । यो पोस्ट उनले तामिलमा लेखेका छन् ।

उनले लेखेका छन् कि, ‘मैले पहिले पनि भनिसकेँ, म राजनीतिमा अब आउनेछैन, कृपया मलाई बारम्बार समस्यामा नपारिदिनु होला, यो किसिमको आयोजना गरेर मलाई राजनीतिमा आउनु भन्न आवश्यक छैन ।’

७० वर्षका रजनीकान्तका फ्यानले चेन्नईमा एकत्रित भएर रजनीकान्त राजनीतिमा आउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?