काठमाडौं । ब्याडमिन्टन स्टार साइना नेहवाललाई कोरोना संक्रमण भएको छ ।
उनी ब्याडम्निटन टुर्नामेन्टका लागि थाईल्याण्डमा छिन् । त्यहाँ अब उनलाई अस्पतालमै क्वारेन्टाइन गरिएको छ । उनी १२ देखि १७ जनवरीको बीचमा योनेक्स थाईल्याण्ड ओपनमा सहभागी हुन गएकी थिइन् ।
3rd COVID test here in bangkok 😢😢… The tournament starts tomorrow 👍👍 #bangkok #Thailandopen #tournament #badminton pic.twitter.com/Lc5c7YZkQa
— Saina Nehwal (@NSaina) January 11, 2021
त्यसपछि १९ देखि २४ मा टोयोटा थाईल्याण्ड ओपन र २७ देखि ३१ जनवरीसम्म बीडब्ल्यूएफ विश्व टूर खेल्न त्यहाँ पुगेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया