संसद विघटनविरुद्ध आज काठमाडौंमा बृहत ‘नागरिक सभा’ हुँदै

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज (मंगलवार) बृहत नागरिक सभा हुने भएको छ ।

वृहत नागरिक आन्दोलनले दिउँसो २ बजे काठमाडौंको कमलादी डबलीमा ‘नागरिक सभा’ गर्न लागेको हो ।

संसद विघटनविरुद्धको उक्त नागरिक सभामा नागरिक अगुवा एवम विभिन्न क्षेत्रका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नागरिक अगुवा कृष्ण पहाडी, बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघ अध्यक्ष गोविन्द्र आचार्य, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तिसिंह तामाङ, सिएन थारु तथा अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ लगायतले उक्त नागरिक सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै उक्त सभामा धिमे प्रस्तुती र कला प्रदर्शनसमेत हुने बताइएको छ ।

संसद विघटनपछि विभिन्न तह-तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?