काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको भारतलाई चौथो टेस्ट भन्दाअघि ८ औँ झट्का लागेको छ । १५ जनवरीमा ब्रिस्बेनमा हुने अष्ट्रेलियासँगको टेस्ट अगाडि भारतलाई आठौँ झट्का लागेको हो ।
जसप्रीत बुमराह घाइते भएर टेस्टबाट निस्किने छैटौँ खेलाडी बनेका छन् । उनलाई पेटमा चोट लागेको छ । त्यस्तै हनुमा बिहारी, रविन्द्र जडेजा पनि चोटका बारण बाहिरिएका छन् ।
त्यस्तै लोकेश राहुल, मोहम्मद शमी र उमेश यादव पनि चोटका कारण टेस्टबाट बाहिरीसकेका छन् । त्यस्तै यस अगाडि ईशान्त शर्मा र उमेश यादव पनि चोटका कारण टीमबाट बाहिरीसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया