काठमाडौं । अमेरिकी फुटबलका सबैभन्दा सफल मानिएका प्रशिक्षकले राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदान गर्ने राष्ट्रपतीय मेडल नलिने घोषणा गरेका छन् ।
न्यू इङ्ग्ल्यान्ड प्याट्रिअटका प्रशिक्षक बिल बेलिचिकले संसद्मा भएको घटनाका कारण अमेरिकी नागरिकले पाउने सबैभन्दा उच्च प्रेजिडेन्शल मेडल अफ फ्रीडम नलिने बताएका हुन् ।
बेलिचिकले सो पदक पाउने खबरले सुरुमा खुसी लागेको तर गत साता ट्रम्प समर्थकहरूले अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनाले आफूले नलिने निर्णय गरेको बताए ।
सो घटनामा पाँच जनाको मृत्यु भएको थियो । बेलिचिकले यसअघि ट्रम्पसँगको मित्रताका विषयमा बोल्ने गरेको थिए ।
![Police officers stand guard as supporters of US President Donald Trump gather in front of the US Capitol Building in Washington. [Leah Millis/Reuters]](https://www.aljazeera.com/wp-content/uploads/2021/01/2021-01-07T015053Z_1749739195_RC2M2L9MWY3E_RTRMADP_3_USA-ELECTION-TRUMP.jpg?resize=1170%2C780)
‘हालैमा मलाई प्रेजिडेन्शल मेडल अफ फ्रीडम प्रदान गरिने खबर गरिएको थियो र मलाई यसअघि उक्त मेडल पाएका व्यक्तित्वहरूप्रति मेरो सम्मानका कारण खुसी लागेको थियो,’बेलिचिकले एउटा विज्ञप्तिमा भनेका छन् ।
![People shelter in the House gallery as protesters try to break into the Chamber of the US House of Representatives. [Andrew Harnik/AP Photo]](https://www.aljazeera.com/wp-content/uploads/2021/01/AP_21006736482604.jpg?fit=1170%2C780)
‘त्यसपछि गत साताको दुःखद घटनाहरू भए र यो सम्मान सम्बन्धमा अगाडि नबढ्ने निर्णय गरियो।’
छवटा सुपर बाउल उपाधि जितेका बेलिचिक अमेरिकी फुटबल लीग एनएफएल इतिहासमा सबैभन्दा सफल प्रशिक्षिक मानिन्छन् ।
प्रेजिडेन्शल मेडल अफ फ्रीडम अमेरिकाको सुरक्षा वा राष्ट्रिय स्वार्थमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई दिने गरिन्छ ।
सन् २०१९ मा ट्रम्पले यो मेडल गल्फ खेलाडी टाइगर वुड्स र स्वर्गीय एल्भिस प्रेज्लीलाई प्रदान गरेका थिए ।
बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया