बढ्यो सुनको मूल्य, आज कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ८ कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।

सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेकोमा आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?