ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

RSS
0
Shares

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौं –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनका दुई छोरा र एक छोरी छन् ।
उनको आजै (मंगलवार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?