संसद विघटनविरुद्ध महेन्द्रनगरमा अनेरास्ववियुको मसाल जुलुस

कञ्चनपुर । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमलाई प्रतिगमन भन्दै अनेरास्ववियूले महेन्द्रनगरमा सोमबार साँझ मसाल जुलुस निकालेको हो ।

महेन्द्रनगरको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत, केन्द्रीय सदस्य गणेश ऐरी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी लगायतले सम्बोधन गरेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको बताउँदै यो कदम फिर्ता नहुँदासम्म आफूहरुले विरोध नरोक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?