भारतीय टिभी ‘जी न्यूज’ मा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता प्रशारण (LIVE)

काठमाडौँ- भारतीय टेलिभिजन च्यानल जी न्यूजमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण भइरहेको छ   ।

शनिवार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका जी न्युजका पत्रकार सुधिर चौधरीले आइतवार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका थिए  । चौधरीले आफ्नो फेसबूक एकाउन्टमा प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएको सानो भिडियो र फोटो सार्वजनिक गरेका छन् । प्रोमो भिडियोमा चौधरीले नेपालले भारतलाई ‘बोस’ मान्न किन इन्कार गरिरहेको छ भन्ने सोधेका छन् । त्यस्तै अर्को प्रश्नमा चौधरीले ओलीलाई नेपाल अब भारतसँग नजिक छ कि चीनसँग भन्ने प्रश्न पनि गरेका छन् ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?