मकवानपुरमा टिपर आतंक, एकको मृत्यु, अवस्था तनावग्रस्त

काठमाडौँ– मकवानपुरको हेटौडास्थित क्याम्पेडाँडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक आशिष शिबभक्तिको मृत्यु भएको हो । हेटौँडाबाट जाँदै गरेको प्रदेश ३-०३ ००१ प ४०२० नंको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना३क ८३३३ नंको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?