काठमाडौं । ‘धूम’ सिरिजलाई बलिउडमा निकै सफलर मनपराइएको सिरिजको रुपमा लिइन्छ । सन् २००४ मा धूम’ बाट शुरु भएको यो फिल्म अहिले ‘धूम ४’ को तयारीमा छ ।
यो सिरिजले बक्स अफिसमा पनि रेकर्ड ब्रेक गर्ने गरेको छ । बजारमा ‘धूम’, ‘धूम २’ र ‘धूम ३’ पछि ‘धूम ४’ को पनि चर्चा हुन थालेको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार ‘धूम ४’ मा भिलेनका रुपमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने भएकी छिन् ।
‘धूम ४’ मेकर्सले पहिलोपटक यो सिरिजमा महिला कलाकारलाई भिलेन बनाउने भएका छन् । फिल्ममा अभिनय गर्न दीपिकिा पादुकोण तयार भएकी छिन् ।

फिल्ममा दीपिकालाई चोरका रुपमा देख्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया