काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् ।
सोमवार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुससहित सिंहदरवार पश्चिमगेटस्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि प्रतिक्रिया दिदैँ अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् । उनले मुलुकका निर्माता पृथ्वी नारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए ।
अध्यक्ष राणाले सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने बताए । मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचार विरुद्ध राप्रपा बिरोधमा उत्रिने बताए । नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको बताए ।
पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरवार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो। लाठिचार्जबाट केही घाइते समेत भएका छन् ।
भिडियोमा हेरौं, प्रहरी र उनीहरूबीचको घम्साघम्सी ।
यो पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया