काठमाडौं । अभिनेत्री मनिषा कोईरालाले पृथ्वी जयन्तीका अवसरमा काठमाडौंमा र्याली निकाल्ने क्रममा भएको झडपको प्रसंगलाई लिएर आक्रोश पोखेकी छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमामार्फत् आज (सोमवार) पृथ्वी जयन्तीका अवसरमा र्याली निकाल्ने क्रममा भएको झडपको विषयमा आफ्नो आक्रोश व्यक्त गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नापाउने? आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।’
राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नापाउने?
आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।— Manisha Koirala (@mkoirala) January 11, 2021
त्यस्तै अर्को ट्वीटमा उनले जनताको राष्ट्रीय एकता प्रतीको सामूहिक भावलाई सरकार ले सम्मान गर्ने आश राखेपनि त्यसको ठीक उल्टो भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ। तर उस्को व्यवहार ठीक उल्टो देखियो! पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?’
मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?— Manisha Koirala (@mkoirala) January 11, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया