काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलो सन्तानको आमाबुबा बनेका छन् ।
२०१७ मा विवाह बन्धनमा बाँधिएका यो जोडीले आज पहिलो सन्तानको रुपमा छोरीलाई स्वागत गरेका हुन्।
अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज दिउँसो छोरीलाई जन्म दिएकी हुन् । विराटले सोसल मिडियामा यसको जानकारी दिएका छन् ।
विराटले ट्वीटरमार्फत् जानकारी दिँदै हामी तपाईसँग यो खुशी बाँड्न पाउँदा निकै उत्साहित छौँ तपाईहरुकोको प्रेम, प्रार्थना र शुभकामनाका लागि सबैलाई धन्यवाद दिन्छौँ। अनुष्का र बच्चा दुबै स्वस्थ छन् । हाम्रो जीवनको नयाँ अध्याय शुरु भएको छ, तपाईलाई थाहा नै छ यो समय हामीलाई थोरै गोपनीयता चाहिएको छ ।’
— Virat Kohli (@imVkohli) January 11, 2021
उनीहरुले २०२० मा प्रेग्नेन्सीको घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया