काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चन्देललाई राजद्रोहको केसमा बम्बे हाईकोर्टले राहत दिएको छ ।
हाईकोर्टले २५ जनवरीसम्मका लागि पुलिस कारवाही र पक्राउमा रोक लगाएको हो । सोमवार मुम्बई पुलिसले हाईकोर्टसँग कंगनासँग फेरि सोधपुछ गर्न माग गरेको छ ।
![]()
त्यसमा कोर्टले २५ जनवरीसम्म सोधपुछको कुनै आवश्यक्ता नरहेको बताएको छ ।
दुबै जनाविरुद्ध १७ अक्टोबरमा बान्द्रा पुलिस स्टेशनमा राजद्रोहको केस दर्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया