काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा आफ्ना आसेपासेलाई चलाउन खप्पिस रहेको टिप्पणी गरेका छन् ।
कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्ने बानी ओलीमा रहेको पनि उनको भनाइ छ । ‘केपी ओलीलाई मख्ख पार्नुपरेमा बा भनेपुग्छ । उहाँ आसेपासे चलाउन खप्पिस हुनुहुन्छ,’ उनले भने ।
नेपालले विरोधीलाई तह लगाउन ओलीले गुप्तचर र सम्पत्ति शुद्धीकरण विभागलाई आफू मातहत राखेको आरोप समेत लगाए ।
सोमवार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै नेपालले ओलीले मदन भण्डारीको नाम बेस्कन बेचेपनि उनको विशेषता भने अनुशरण नगरेको आरोप लगाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया