बर्ड फ्लूपछि दिल्लीमा ‘प्रोसेस्ड चिकेन’मा प्रतिबन्ध

काठमाडौं । भारतमा बर्ड फ्लूले नयाँ संकट निम्त्याएको छ ।

भारतमा अहिलेसम्म ९ राज्यमा बर्ड फ्लू पुष्टि भएको छ ।

नयाँ राज्य उत्तर प्रदेश रहेको छ । जहाँ कानपुरको चिडियाघरमा पंक्षीको स्याम्पल लिँदा रिपोर्ट पोजेटिभ आएको थियो । त्यो बाहेक महाराष्ट्रमा पनि बर्ड फ्लू पुष्टि भएको छ ।

यो भन्दा पहिला मध्य प्रदेश, राजस्थान, गुजरात, हिमाञ्चल प्रदेश, हरियाणा र केरलामा बर्ड फ्लू पुष्टि भएको थियो । यसैबीच दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीमा बाहिरबाट जाने प्रोसेस्ड चिकनमा प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?