तीन सय वर्षसम्म पनि सान्दर्भिक पृथ्वीनारायण शाहको दिव्योपदेशमा के छ ? (भिडियो)

काठमाडौँ- आज पुस २७ गते अर्थात पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस।

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । बि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिनुभएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमवार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उहाँको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ । पृथ्वी नारायण शाह हरेक नेपालीको अस्तित्वसँग जोडिएको र राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेकोले सबै नेपालीले सम्झनुपर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । प्रस्तुत छ, उनको दिव्य उपदेश समेटिएको भिडियो सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?