जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

RSS
0
Shares

रसुवा । हाकु वन जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा हिजो (आइतवार) रातिदेखि अचानक लागेको डढेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ ।

भीरपाखा र असहज स्थानमा भएकोले डढेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिएका छन् । डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए ।

सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् । ती क्षेत्रका सयौं हेक्टर वन डढेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?