काठमाडौं । कैलालीमा मोटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ भलुवामा मोटो खन्ने क्रममा ढिस्कोमा पुरिएर सोही
नगरपालिका-१० तुलसीपुर बस्ने १७ वर्षीय अशोक धामीको आइतवार दिउँसो मृत्यु भएको छ ।
माटो खन्ने क्रममा धामी ढिस्कोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकीपहलमानपुर, ईलाका प्रहरी कार्यालय सुखड, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा माटो खनी खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया