काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले आइतवार स्कुटरमा आगजनी गरी क्षती पुर्याएको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला स्याङ्जा आँधिखोला गाउँपालिका-३ बस्ने वर्ष २८ को रबिन क्षेत्री रहेका छन् ।
क्षेत्रीले गत पुस १४ गते राती आँधिखोला गाउँपालिका-२ मडुवा बस्ने खिमानन्द सापकोटाको ग.४ प. ९६३७ नं. को स्कूटर घर निजकै पार्किङ गरी राखेकोमा आगजनी भएको थियो । प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका क्षेत्रीले नै उक्त स्कुटर जलाएको खुल्न आएपश्चात निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पक्राउ परेका क्षेत्री उपर आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया