बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले सोसल मिडिया नचलाउने

काठमाडौं । बेलायतका राजकुमार ‘ड्यूक अफ ससेक्स’ ह्यारी र उनकी श्रीमती ‘डचेस अफ ससेक्स’ मेगन मर्केलले सोसल मिडिया छोड्ने बताएका छन् ।

उनीहरुले अमेरिकामा आफ्नो भूमिकामा ध्यान केन्द्रित गर्न सकियोस् भन्दै सोसल मिडिया छोड्ने बताएका हुन् ।

द सण्डे टाइम्सका अनुसार गत वर्ष आफ्ना एक वर्षका छोराको साथमा अन्त कतै बस्ने विषयलाई लिएर उनीहरुले शाही परिवारबाट पछि हटेका थिए । दम्पत्तीले अब सोसल मिडिया ट्वीटर, फेसबुक जस्ता प्लेटफर्म नचलाउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?