अष्ट्रेलिया र भारतबीचको सिड्नी टेस्ट बराबरीमा सकियो

काठमाडौं । भारत र अष्ट्रेलियाको बीचमा भएको तेश्रो टेस्ट ड्रमा सकिएको छ ।

पाचौँ दिन घाइते भएपनि रविचन्द्रन अश्विनले क्रिजमा राम्रो प्रदर्शन गरेका थिए । हनुमा बिहारी र अश्विनले पारी सम्हलेपछि म्याच बराबरीमा सकिएको हो । भारतले २३ वर्षपछि १०० भन्दा धेरै ओभरसम्म ब्याटिङ गरेको हो ।

अश्विन र बिहारीले २५८ बलमा ६८ रनको पार्टनरशीप गरे ।

तेश्रो टेस्ट ड्र भएसँगै सीरीज अहिले १-१ को बराबरीमा रहेको छ ।

अब अन्तिम टेस्ट १५ जनवरीमा ब्रिस्बेनमा हुनेछ ।

भारतलाई अष्ट्रेलियाले ४०७ रनको टार्गेट दिएको थियो ।

जवाफमा ५ औँ दिन भारतले दोश्रो पारीमा पाँच विकेट गुमाएर ३३४ रन बनाएको थियो । एक ओभर बाँकी रहँदै अष्ट्रेलियाली कप्तान टिम पेनले म्याच ड्रको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?