कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

RSS
0
Shares

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (आइतवार) मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका छन् । “कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौं पठाइएको छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज (सोमवार) एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?