लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि सवारी लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरेको छ ।

कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै त्यस्तो जनाएको हो ।

कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमवार (आज) देखि अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?