फाइजरको भ्याक्सिन लगाएको १६ दिनपछि डाक्टरको मृत्यु

काठमाडौं । कोरोना भाइरसको कारण अहिले सारा विश्व ग्रस्त छ ।

कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आएपनि त्यति सफल भने हुन सकेको छैन ।

यसैबीच फाइजरको कोरोनाविरुद्धको भ्याक्सिन लगाएको १६ दिनपछिएक डाक्टरको मृत्यु भएको छ ।

अमेरिकाको मियामी शहरमा बस्ने ५६ वर्षीय डाक्टर ग्रेगरी माइकलको कोरोना भ्याक्सिन लगाएको १६ दिनपछि निधन भएको हो ।

उनकी श्रीमती हेइदी नेकेलमानले १८ डिसेम्बरमा उनका श्रीमानले भ्याक्सिन लगाएको बताएकी छन् ।

उनको आईतवार बिहान अचानक निधन भएको थियो ।

उनी भ्याक्सिनेशनको बेला पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ । फाइजरले घटनाको जाँच भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?