काठमाडौं । अन्तर्राष्ट्रिय अपराध पुलिस संगठन अर्थात् इन्टरपोलले इण्डोनेशियाली विमान दुर्घटनामा खाजी गर्न सरकारलाई सहयोग गर्ने बताएको छ ।
इन्टरपोलका महासचिव जुर्गन स्टकले इन्टरपोल इण्डोनेशियाको दुर्घटनाग्रस्त यात्री विमानमा मृत्यु भएकाहरुको पहिचान गर्न सरकारको सहयोग गर्ने बताएका छन् ।
यो भन्दा पहिला इण्डोनेशियाका सैन्य प्रमुख हादी तजाहजन्तोले संयुक्त खोज र दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्सको लोकेशन पत्ता लगाएको बताएका थिए ।
इन्टरपोलका महासचिव स्टकले ट्वीट गरेर सरकारलाई सघाउने र मृतकका परिवारप्रति समवेदना प्रकट गरेका थिए ।
शनिवार जकार्ताबाट उडान भरेको इण्डोनेशियाको बोइंग ७३७-५०० श्रृंखलाको विमान शनिवार जकार्ताको सोकार्नो हट्टा हवाई अड्डाबाट उडान भरेको ४ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानमा ६२ जना सवार थिए ।
अहिलेसम्म ५ जनाको क्षतविक्षत अंग भेटिएको छ । उनीहरुको पहिचानका लागि अस्पताल पठाइएको बताइएको छ ।
इण्डोनेशिया विमान दुर्घटना अपडेट : ६२ जनाको मृत्यु, कतिको भेटियो शव रु दुबै ब्ल्याक बक्स फेला
इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो, यसकारण खोजिन्छन् यी उपकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया