भारतका ९ राज्यमा फैलियो ‘बर्ड फ्लू’

काठमाडौं । हालसम्म भारतमा ९ वटा राज्यमा बर्ड फ्लूको संकट छाएको छ ।

उत्तर प्रदेशमा आज पुष्टि भएसँगै बर्ड फ्लूको कहर नौ राज्यमा फेलिएको हो ।

अहिलेसम्म मभ्य प्रदेश, राजस्थान, गुजरात, हिमाञ्चल, हरियाणा, केरल, दिल्ली र महाराष्ट्रमा बर्ड फ्लू पुष्टि भएको हो ।

पहिलो पटक राजस्थानमा २५ डिसेम्बरमा बर्ड फ्लू देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?