काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्रबारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ ।
पार्टी विभाजन पश्चात् नेकपाको केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहले दुवैले आफूलाई वास्तविक नेकपा भएको र सुर्य चिन्ह आफ्नो भएको दाबी गरिरहेका छन् । त्यस्तै निर्वाचन आयोगले दुवै समूहलाई पत्र पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया